जय हनुमान कुषि फार्म पा .लि

 


कम्पनी दर्ता- २०७७/१०/२६।            कम्पनी दर्ता नं- २५५२०३/०७७/०७८

मिती-२०७८/०३/१६ ‌‌‌‌।                       स्थायी लेखा नं- ६०९९२९३४६  

    Guy देश नेपाल कृषि प्रधान देश भएता पनि आजका आधुनिक युगमा आइपुग्दा सम्म पनि नेपालीहरुको सोचमा मा कृषि ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌भन्ने वित्तीकै पुरानो सैलीबाट गरिने गाई, भैसी पाल्ने खेती किसानी ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌कुटो  कोदालो बाख्रा पाल्ने तथा घास दाउरा मेलापात र यो सामन्य निम्न आय भएको असुरक्षित महिला तथा पुरुष ले गर्ने दैनिकी कार्य हो ‌‌। यो काममा नाम इज्जत हुदैन सोच राख्दछन् तर विश्वको कयौ देशहरू कृषि प्रविधिमा नै फट्को मारि सयौ नेपालीहरुलाई रोजगार प्रदान गर्दै आइरहेको छन तर आफ्नो देशमा भने खन्न, खोसिन नाक खुम्चाउछन यही बिडम्बना छ। नेपाल नेपालीको तर यो सोचमा परिवर्तन गर्न उदरेयले नेपालमा कृषि प्रविधिमा वैज्ञानिक  दझ्गले अध्यन  अनुसन्धान गर्ने र कृषि प्रविधिको विकास ‌गर्नु साथै कृषि बैज्ञानिकहरु र कृषि प्रविधि दुबैको बिकास गर्न सकिन्छ भन्ने परम्परागत सोच राख्ने साघारण चिन्तन भएका मान्छेहरुलाई परिवर्तन गर्ने उदाहरणनिय रुपमा प्रस्तुत हुने उद्देस्य लिई जय हनुमान कृषि बिज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को


 काभ्रेपलाञ्चोक जिल्लाको अनैकोट साथमाI I १८०० रोपनी जमीन खरीद गरी आधुनिक किसिमबाट सञ्चालन गर्ने उद्देस्यका साथ कार्यालय भवन कर्मचारी आवास होटल रिसोर्ट पानी रिजभिभ्ङ ड्याम्भ माछापाल्ने पोखरी पशुपालन गोठ बाखा पालनखोर कुखुरा पालन खोर   वायोग्यास प्लान्ट जयविक अर्गानिक मल‌ खाद प्लान्ट चरणक्षेत्र तरकारी खेती नगदीवाली‌ फलफूल खेती  बहुबर्षे कोसे तथा अकोषे हास खेती जडीवुडी खेती काठजान्य रुख विरुवा खेती हाइटेक अत्याधुनिक नर्सरी तथा सम्पूर्ण कृषि जन्य बस्तु तथा सो सम्बन्धी अनुसन्धान बिकास गर्ने सञ्चालन गर्ने उद्देस्य लिनेछ।

सवप्रथम जमिनलाई खरिद गरि सुरक्षित तार जाली लगाई बाउन्डी सिल‌ गरिनेछ साथमा ५२०० भन्दा बेसी c.c क्यामेरा जडान गरिनेछ। र त्यस क्यामेरा लगाइएको प्रत्येक पोलमा राती  पनि झलमल्ल पुग्ने गरि सोलार बत्ती जडान गरिनेछ।

यस जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि   बाट निम्नबमोजिमका कृषि जन्य बस्तुहरु उत्पादन गरिनेछ 

१)यस जय हनुमान कृषि बिज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को प्रमुख आकर्षनको केन्द्रको रूपमा झण्डै ७० रोपनी बराबरको जमीन १० mm को रोडको जाली पनि बुनी ३० फिट गहिरो ३००० फिट लामो ९०० फिट चौडाइको नेपालीको नक्सा आकारमा झण्डै २ अरब  ७० करोड लिटर पानी अट्ने पोखरी निर्माण गरिनेछ । किनारा वरिपरि ४ फिट चौडाइको पैदल बाटो बनाइनेछ त्यसमा माबल चिफ लगाइनेछ र पोखरी तफ ४ फिट अग्लो स्टिल रेलिङ लगाइ सुरक्षित बनाइनेछ । पोखरी भित्र प्रवेश गर्न चारकुना पोखरीमा परिक्रमा गर्न १० वटा ढुङ्गा राखिनेछ। चार फिट बाटो  भन्दा बाहिर भागमा वरिपरि १५ फिट चौडाइको चाइनिज दुबो लगाइनेछ र त्यस भन्दा बाहिर ४ फिट अग्लो तार जाली लगाइनेछ तार जाली भन्दा बाहिर भागमा ३ फिट गहिरो र फिट चौदाइ भएको शहर निर्माण गरि पानी प्रसोधन गरि सफा पानीमा मात्र पोखरी भित्र प्रवेश गराइनेछ यस सगै पोखरीको वीच भागमा २६ सय ३५ वर्ग फिटको २.५ तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणगरी रिसोर्टको रुपमा सञ्चालन‌ गरिनेछ। 

२) यस पोखरी सञ्चालन‌ आएको देखि राखिएको छ नेपालमै पहिलो पटक सिपि, साल्मण्ड जातको माछा, इस्टोडीं ,सर माछा जस्तो उन्नत जातका माछाहरू समेत उत्पादन गर्ने  लक्षय गरिएको छ।

३) यसै पोखरीमा नेपालमा पहिलो पटक सिपीको खेतीगरि तथा सोही खेतीबाट मोती समेत उत्पादन गर्ने उद्देश्य राखिएको छ।

४)माछा पालनका साथ-‌‌ साथ यस फार्मले बायोफ्लक प्रविधिबाट माछाको करोडौ भूरा उत्पादन गरि वितरण गर्ने समेत लक्षय राखिएको छ।

५)अन्य जातका माछा पालनको लागि ७०‌ फिट चौडाइ ८० फिट लम्बाई १० फिट गहिरो खालका चार वटा पोखरी निर्मा ण गरि दैनिक हजार के .जी. सम्म माछा उत्पादन गरि लक्षय राखिएको छ यसै मघ्ये एक   पोखरीमा झिंगे माछा पनि उत्पादन  गर्ने लक्षय राखिएको छ। 

६) त्यस्तै टाउड माछा पालनको लागि ७० फिट लामो १० फिट चौडाइ ७ फिट गहिरो खाल्का ४० वटा पोखरी निर्माण गरि ८ देखि ९ महिना पछि बाट दैनिक ५ हजार के .जी. माछा उत्पादन गर्ने लक्षय राखिएको छ।

७) यस जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि ले बाखा पालन गर्न ४ वटा जातको बोयर , सिरोइ जमुनापारि , साइमन जातका माउ बाख्रा पान-पानसयवटा सय-सय रोपनी जग्गामा चरण क्षेत्र सहितको आधुनिक छुट्टा छुट्टै खोर निर्माण गरि बाख्रा पालिनेछ र १०० रोपनी बराबरको थप जग्गामा ५०० बोका चरण सहितको आधुनिक खोर निर्माण गरि जस बाट बार्षिक ५ हजार खसि , बोका उत्पादन गर्ने लक्ष्य राखिएको छ।

८) यस जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को भैसी पालनलाई प्रमुख आयोसोतको रूपमा लिने गरि त्यसर्थ उन्नत जातका दुना माउ भैसी ब्याउने भैसी गरि १००० वटा सुरूवाती चरणमै राख्ने उछेस्य लक्षय लिएको छ जसबाट दैनिक ५००० लिटर दुध उत्पादन गरिनेछ। र दैनिक ५ देखि ६ वटा रागा मासुको लागि बिक्री गर्न समेत लक्षय राखिएको छ। 

९) यस जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि को अर्को आयोसोतको रूपमा कुखुरा पालनलाई जोड दिइएको छ जसका लागि आधुनिक तरिकाबाट ८ हजार कुखुरा अट्ने गरि A.C जडित १० वटा आधुनिक खोर निर्माण गरिनेछ तथा त्यसै सग चरण क्षेत्र समेत ब्यवस्था गराइनेछ र दैनिक ५ हजार के.जी मासु उत्पादन गर्ने लक्षय राखिएको छ।

१०) अन्य जातका कुकुरहरू लोकल ,कोइला,गिरीराज, साकिनी जस्तो जातहरु पनि आधुनिक तरिकाबाट खोर तथा  चरण क्षेत्र ब्यवस्था गराई पाल्ने र तिनीहरुको नसल समेत विकास गरिनेछ । २ बर्ष  पछि बाट दैनिक हजार के. जी मासु उत्पादन गर्ने लक्षय राखिएको छ ।

११) साथ-साथै विसमा पाइने विभिन्न जातका कुकुरहरू खडगनाथ , पोलिस, हाइटर अन्य सबै जातका सो पिसको रूपमा पाल्ने र तीनको नसल नेपालमा उत्पादन गराइनेछ ।

१२) लेज कुखुरा अण्डा उत्पादन गरिने आधुनिक तरिकाले खोर उत्पादन गर्नेगरि‌ १० हजार अण्डा दैनिक उत्पादन गर्ने लक्षय राखिएको छ।

१३) त्यसै गरी हास ,लौकाट , टर्की पनि ब्यवसायीक रुपमा खोर तथा चरण क्षेत्र बनाई १ वर्ष पछि बाट दैनिक ५ हजार के. जी मासु उत्पादन तथा अण्डा उत्पादन गर्ने लक्षय राखिएको छ।

१४) वटाई‌‌ तथा कालिजको लागि १६ रोपनी जमिनमा आकाशे  तार जाली गरि दैनिक ५०० कालिज, २००० बटाई उत्पादन गर्ने गरि  ब्यवसायीक रूपमा पालन गरिनेछ ‌। अण्डा समेत उत्पादन गर्नेगरि फार्म सञ्चालन गरिनेछ।

१५) साथै यसै जय हनुमान कृषि विज्ञान तथा अनुसन्धान केन्द्र नेपाल प्रा लि  बाट टर्की ,हास, कुखुरा,लौकाट तथा कालिज बटाईका बच्चाहरू उत्पादन गर्ने ह्याकिम सञ्चालनमा ल्याइनेछ र बच्चाहरू बिकि् वितरण समेत गरिनेछ ।

१६) अर्को प्रमुख आयोसोतको रूपमा तरकारी जन्य बस्तुहरुको उत्पादनको रूपमा जस्तै अकबरे खुर्सानी भेडे खुर्सानीलाई टर्नेल सहितको ब्यवसायीक उत्पादन बार्षिक १० टन अकबरे खुर्सानी १० टन खुर्सानी ,२० टन भेडे खुर्सानी, ५० टन टमाटर उत्पादन गर्ने लक्षय राखिएको छ।

१७) तरकारी खेतीमा आलु काउली बन्दा भान्टा वैगुन भिन्डी पबल बोटे सिमी बोडी धिउ सिमी पातो सिमी ब्रोकाउली मुला गाजर साग लौका फर्सी चिचिण्डा  धिरौला इस्कुस सोइजन करेला मटरकोसा जस्ता दर्जनौं तरकारीहरू ब्यवसायीक रुपमा बार्षिक ५० टन उत्पादन गर्ने लक्षय राखिएको छ। आधुनिक प्रविधिहरूको बिकास गरिनेछ र वीउजन समेत उत्पादन गरिने छ।

१८) कृषि सम्बन्धी अनुसन्धान गर्ने तथा हाइड्रिफोमिक‌ माटो विनाको प्रविधिबाट पानी तरकारी खेती शुरुगरिने छ साथ-साथमा विश्वभरि भएका आधुनिक प्रविधिलाई नेपालमा विस्तार गरिनेछ।

१९) यस सञ्चालनमा आएको ३,४ वर्ष देखि उत्पादन दिने गरि सुन्तला , जुनार,‌‌  मौसम, कागती निबुवा विभिरो आल्चा आरूबखडा ज्यामिर अनार स्याउ हलुवावेद अंगुर दाग एप्पलगाडो‌‌ खुपानी सम्म उत्पादन गर्ने लक्षय अनुशार २०० रोपनी जग्गामा ब्यवसायीक खेती विस्तार गरिनेछ ।

२०) सोहि खेती फलफूलमा जडिवुडी जन्य बोटबिरुवाहरु भित्र बोटबिरुवाहरु भित्री बालीको रूपमा आलस‌ तील , तोरी , बेसार, अदुवा, लशुन, प्याज , कुरिलो जस्ता खेतीहरू पनि गरिनेछ ।

२१) आधुनिक प्रविधिवाट फलफूल तरकारी खेती रूख विरूवा जडिवुटीको बेर्नाहरू बेर्ना उत्पादन गर्ने हाइटेक नर्सरीको रूपमा १६ रोपनी जग्गा  बिस्तार गरिनेछ ।

२२) उन्नत कोसे तथा अकोसे र बहुवर्षे दास, गालेघास, जडिवुटी जन्य, काठजन्य रूख विरूवा खेतीको लागि २०० रोपनीमा बिस्तार गरि खेती गरिनेछ ।

२३) सम ग्रह प्रविधिको साथ यस फार्मले पशुपालन तथा कर्मचारी आवास श्रेत्रबाट निस्किएको मल- मुत्र तथा सेफ्टी ट्याड्ंकी ढललाई प्रसोदन गरि वायो ग्यास प्लान्ट विस्तार गरि दैनिक ३ देखि ४ सय सिलिण्डर ग्यास रिफलिडं तथा सोहि प्लान्ट माफत पाइप लाइनबाट कर्मचारी आवास श्रेत्रमा विस्तार गरिनेछ ।

२४) यस ग्यास प्लान्टबाट निस्केको जैबिक मललाई कृषि चुन , तोरीको पीना  समेत मिलाई प्रसोधन गराई प्याकेजिन साथ दैनिक ३०० बोरा अर्गानिक जैविक मल उत्पादन गर्ने लक्षय राखिएको छ।

२५) अन्तमा बाकि रहेको १०० रोपनी बराबरको जग्गामा कार्यलय भवन कर्मचारी आवास भवन, पार्कश्रेत्र होटल तथा रिसोर्ट  निर्माण गरिनेछ। निकट भविष्यमा थप अरू जमिन खरिद गरि यसमा सुविधा सम्पन्न युक्त अपार्टमेन्ट स्कुल कलेज जीमहल फिल्महल खेलकुद मैदान सुपरमार्केट हस्पिटल समेत भएको क्षेत्र भित्र प्रत्येक कर्मचारीका लागि १ लिभिङ रूम १,बेड रूम, १ बाथ रूम सहिदको सुविधा सम्पन्न युक्त अपार्टमेन्ट फ्लाट् उपलब्ध गराइनेछ ।

१) नेपालमा कृषि विकासको लागि कृषि जन्य बस्तु तथा  जडिबुटि प्रबिधिमा एन्कीकरण साथै कृषि उपयोग्य‌ बस्तु आत्मनिर्भर बनाउने लक्षयका साथ सञ्चालन‌  गरिएकोछ।

२) नेपालमा भएको बेरोजगारिलाई नियुनीकरण गर्न शुरूवाती चरणमा ४५० जना यूवा शक्ति समेटर ६,७ महिनामा नै १२ हजार परिवारलाई रोजगार दिलाउने लक्षय राखिएको छ। तीन बर्ष भित्र २ लाख ५० हजार परिवारलाई प्रत्यक्ष रोजगारी दिलाउने मुख्य लक्षय रहेको छ।

३) शुरूमा १२०० रोपनी जमीन खरीद गरी सो जमिनबाट ब्यवसायीक रूपमा थालनी गरिनेछ ३ वर्ष भित्र १ लाख १० हजार रोपनी जमिन खरिद तथा सरकारी जमिन लिजमा लिएर पुराइने लक्ष्य राखिएको छ। यस पहिलो चरणको काम काभ्रेपलाञ्चोक जिल्लामा अनैकोटको साथमा सञ्चालन‌ शुरू गरिनेछ।

Email I'd- jhkbaknepal@gmail.com

Face book I'd- Jhkbak Nepal

You tube channel- Jhkbak Nepal

Phone number-9840245066 / 9951013761

                         Thank you


        







Comments

Popular Posts